Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्लाही सदरमुकाम मलंगवामा आज ५ बजेदेखि कर्फ्यु जारी

    सर्लाही सदरमुकाम मलंगवामा आज ५ बजेदेखि कर्फ्यु जारी

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 873
    SHARES

    सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

    कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।



    शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो ।



    शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको सर्लाही प्रशासनले जनाएको छ । कर्फ्युको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार