Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मेयर हर्क साम्पाङलाई प्रश्न सोध्दा एक दिन हिरासतमा

    मेयर हर्क साम्पाङलाई प्रश्न सोध्दा एक दिन हिरासतमा

    अनलाइन नेपाल
  • शनिबार, २३ भाद्र २०८०
  • 1.7K
    SHARES

    विराटनगर । सार्वजनिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ परेका छन् ।

    धरान उपमहानगरपालिका १५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर छाडेको हो । मेयरलाई दुर्व्यवहार गरेको सूचना आएपछि लिम्बूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



    तर मुद्दा चलाउनुपर्ने कारण नभएकाले उनलाई छाडिएको प्रहरीले जनाएको छ । मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागूऔषधविरुद्ध सचेतना अभियानमा हाते माइक लिएर सम्बोधन गर्दै स्थानीय वासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गर्दै थिए ।



    त्यसै क्रममा स्थानीय अशोक लिम्बूले उपमहानगरपालिकाले सडकमा पानी बगिरहँदा पनि नियन्त्रण नगरेको र त्यसले स्थानीय एक बिरामी परिवार समस्यामा परेको बताएका थिए ।

    तर मेयर साम्पाङले उनलाई चुप लाग, तिमी विरोध गर्न आएको हो भन्दै हप्काएका थिए । त्यसपछि युवक लिम्बूले बोल्न पाइँदैन भन्दै प्रतिवाद गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार