Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बालेन र हर्कको सर्वाधिक चर्चापछि बन्ने भयो फिल्म ‘मेयर साहेव’

    बालेन र हर्कको सर्वाधिक चर्चापछि बन्ने भयो फिल्म ‘मेयर साहेव’

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 828
    SHARES

    काठमाडौं । पछिल्लो समय देशका दुई मेयर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सर्वाधिक चर्चाबीच फिल्म बन्ने भएको छ ।

    मेयरद्धय शाह र साम्पाङको चर्चापछि निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ बनाउने भएका हुन् ।



    फिल्म भने मेयरको जीवनमा आधारित नभएर उनीहरुले गरेको कामलाई नै पर्दामा उतार्ने तयारी भैरहेको बताईएको छ ।



    आगामी भाद्र महिनाबाट फ्लोरमा जाने फिल्मका लागि चाँडै फिल्मको कास्ट एण्ड क्रिउको जानकारी दिने गरि कलाकारहरुको छनोटको भैरहेको छ ।

    राजनीतिक बिषयमाथि निर्माण हुने फिल्मको हाल प्रि–प्रोडक्सन र कथा लेखनको भैरहेको छ । फिल्ममा विनिता गुरुङ र मौषमी महर्जनको लगानी रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार