Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अनावश्यक दुःख दिएको भन्दै विमानस्थल भन्सारका कर्मचारीद्धारा सेवा रोक्ने चेतावनी

    अनावश्यक दुःख दिएको भन्दै विमानस्थल भन्सारका कर्मचारीद्धारा सेवा रोक्ने चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले अनावश्यक दुःख दिएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् ।

    भन्सार विभागका कर्मचारीलाई हतोत्साहित गर्ने, मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्‍याउने गरी विभिन्न निकायबाट धरपकड भइरहेको भन्दै कर्मचारी आन्दोलित बनेका हुन् ।



    भन्सारका कर्मचारीले भदौ १२ गते विभिन्न निकायबाट भइरहेको धरपकड र काम गर्ने वातावरण नभएको भन्दै सामूहिक सरुवाको माग गर्दै महानिर्देशक र भन्सार विभाग समक्ष निवेदन समेत दिएका थिए ।



    कर्मचारीको माग सम्बोधन नभएको र झन झन काम गर्ने वातावरण बिग्रँदै गएको भदै कर्मचारीले आइतबारदेखि आन्दोलनका विभिन्न कार्यक्रम अगाडि सारेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले आइतबार सांकेतिक विरोध स्वरुप ३ घण्टा पेन डाउन गरेका छन् ।

    उनीहरुले सार्वजनिक गरेको विरोधका कार्यक्रमबारे विमानस्थल कार्यालयसहित भन्सार विभाग र अर्थ मन्त्रालयमा जानकारी दिएका छन् ।

    कर्मचारीले संयुक्त रुपमा भदौ २५ र २६ गते कार्गो जाँचपास शाखामार्फत हुने निकासी तथा पैठारीको काम बन्द गर्ने कार्यक्रम पनि सार्वजनिक गरेका छन् । २७ भदौभित्र मागहरु सम्बोधन नभए कार्यालयको यात्रु जाँचपास शाखाबाट सम्पादन हुने कार्यहरुसमेत प्रभावित हुन सक्ने चेतावनी उनीहरुले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार