Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भेपमा सुन तस्करी : चिनियाँ नागरिकको कोठामा सिआइबीको छापा, कागजात र लकर बरामद

    भेपमा सुन तस्करी : चिनियाँ नागरिकको कोठामा सिआइबीको छापा, कागजात र लकर बरामद

    अनलाइन नेपाल
  • सोमबार, २५ भाद्र २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित कोठामा छापा मारेको छ ।

    विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका वाङको कोठामा सिआइबीले छापा मारेको हो ।



    सिआइबीका अनुसार उनी सुन तस्करको समूहका सदस्य हुन् । सिआइबीले छापा मारेर केही कागजात र लकर बरामद गरेको जनामएको छ । उनी भने अनुसन्धान शुरु भएकै बेला भागेर चीन पुगेका छन् ।



    हाल उक्त प्रकरणको मुद्दा विचाराधीन छ । केहीअघि सुन तस्करी प्रकरणमा माओवदी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका थिए । सिआइबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार