Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

    लुम्बिनी प्रदेशको चालु अधिवेशन अन्त्य गर्न सिफारिस

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 975
    SHARES

    दाङ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गरेको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मंगलबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको संगठन संरचना र अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।



    त्यस्तै प्रदेश लोकसेवा आयोगको कार्यालय राजधानी क्षेत्रमा स्थापना गर्न भवनको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

    मन्त्रिपरिषद बैठकले बर्दिया जिल्लामा बाढीबाट बेपत्ता भएकाका परिवारलाई राहत उपलब्ध गराउने, बाघ आक्रमणमा परेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार