Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेन

    संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेन

    अनलाइन नेपाल
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने भएका छन् ।

    ह्वाइट हाउसका अनुसार उनले विश्वका अन्य नेतासँग अन्तर्राष्ट्रिय सुरक्षा ‘खतरा’बारे छलफल गर्न लागेका हुन् ।



    युक्रेनमा रुसको युद्धले राष्ट्रसङ्घको वार्षिक मञ्चमा पुनः प्रभुत्व जमाउने अपेक्षा गरिएको छ, जहाँ राष्ट्रहरूले गत वर्ष मस्कोले देशको केही भागहरू कब्जा गरेको विरोधमा मतदान गरेका थिए ।



    राष्ट्रसङ्घको बैठकमा दुई दिने बसाइको पहिलो दिन सेप्टेम्बर १९ मा बाइडेनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस सचिव करिन ज्याँ पियरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार