Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

    नेप्से ३९ अंकले बढ्दा करिब डेढ अर्बको कारोबार

    अनलाइन नेपाल
  • बुधबार, २७ भाद्र २०८०
  • 969
    SHARES

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ ।

    मंगलबार दोहोरो अंकले ओरालो लागेको बजार बुधबार भने तीव्र उचारचढावका बीच परिसूचक ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको हो।



    सेन्सेटिभ इण्डेक्स ७.६६ अंकले बढेर ३८६.८१ विन्दुमा पुगेको छ। नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि मंगलबारको तुलनामा बढेको छ। आज २७५ कम्पनीको ५१ लाख ४४ हजार ७२४ कित्ता सेयर १ अर्ब ४९ करोड ५५ लाख २१ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भयो।



    मंगलबार नेप्से परिसूचक १९.४२ अंकले घटेर १९६७.५७ विन्दुमा अडिएको थियो। सो दिन २७६ कम्पनीको ३९ लाख १६ हजार १६१ कित्ता सेयर १ अर्ब १३ करोड ५० लाख ५७ हजार ५१५ रुपैयाँमा खरिदबिक्री भयो।

    यसदिन दुईवटा कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ७ करोड ९३ लाख मूल्य बराबरको सेयर कारोबार भयो। सोल्टी होटलको ६ करोड ७० लाख र इभरेष्ट बैंकको ६ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो। १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार