Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हेटौंडास्थित सञ्‍चो हस्पिटलका चिकित्सकमाथि कुटपिट

    हेटौंडास्थित सञ्‍चो हस्पिटलका चिकित्सकमाथि कुटपिट

    अनलाइन नेपाल
  • बिहिबार, २८ भाद्र २०८०
  • 810
    SHARES

    काठमाडौं । हेटौंडामा रहेको सञ्चो हस्पिटल प्रालिका दुई जना चिकित्सक कुटिएका छन् ।

    हस्पिटलका एनेस्थेसिया विभागका डा. प्रशान्त बिडारी र सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापामाथि एचडीयु वार्डमा कुटपिट भएको हो ।



    केही समयअघि चितवनमा मृत्यु भएका एक बिरामीका आफन्तहरूले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरमाथि कुटपिट गरेका हुन् ।



    एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गु परीक्षण गर्दा पुष्टि भएका हेटौंडा १२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै पदमपोखरीको एक समूहले कुटपिट गरेको हो ।

    डेङ्गु पुष्टि भएका प्रधान आराम गर्ने भनेर घर गएका थिए भने केही दिनमै फेरि अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक डेङ्गु देखिएका प्रधानलाई भरतपुरमा उपचारका लागि लगेकोमा एक दिनपछि मृत्यु भएको थियो ।

    कुटपिट हुँदा डाक्टर थापाको नाकमा गम्भीर चोट लागेको सञ्चो अस्पतालले जनाएको छ । डाक्टरहरुलाई हस्पिटलभित्र कुटपिट गरेपछि अन्य डाक्टरहरुलाई ओपीडी सेवा पनि बन्द गरेर आन्दोलन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार