Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा थापा हाजिर

    चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा थापा हाजिर

    अनलाइन नेपाल
  • शुक्रबार, २९ भाद्र २०८०
  • 3.4K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णुबहादुर थापा हाजिर भएका छन् ।

    निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनबहादुर थापाले कार्यभार सम्हाल्दै आएकोमा शुक्रबार विष्णुबहादुर हाजिर भएका हुन् ।



    प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुरलाई गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँद, उपाध्यक्ष सरदेबी खड्का र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिले स्वागत गरेका थिए ।



    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रशासनतर्फको शाखा अधिकृत हुने कानुनी व्यवस्था अनुसार यही भदौ ५ गते ८० जना नयाँ शाखा अधिकृतहरुलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार