Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • शिक्षा विधेयकविरुद्ध माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

    शिक्षा विधेयकविरुद्ध माइतीघरमा शिक्षकहरुको विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 600
    SHARES

    काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन सुरू गरेका छन् ।

    जिल्लाबाट कक्षाकोठा छाडेर काठमाडौं उत्रिएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् ।



    विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ।



    राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन् ।

    महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

    नेपाल शिक्षक महासंघको आव्हानमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म अहिले मार्चपास भइरहेको छ । शिक्षकहरूको सडक आन्दोलनले काठमाडौंको सडक अस्तव्यस्त भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार