Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • उपत्यकामा आजदेखि २५ वटा द्रुत बस चल्ने

    उपत्यकामा आजदेखि २५ वटा द्रुत बस चल्ने

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् ।

    अहिलेलाई पिक आवर बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म द्रुत बस सञ्चालन हुनेछ ।



    हिजो दुई वटा बस सञ्चालन गरिएको र आजदेखि २५ वटा बसले नियमित सेवा दिने यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ ।



    संविधान दिवसको अवसर पारेर सरकारले हिजोदेखि द्रुत बस सेवा सञ्चालन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार