Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बन्द भयो रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा

    बन्द भयो रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा

    अनलाइन नेपाल
  • मंगलबार, १४ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको दिन असोज ३ गतेदेखि शुरु भएको द्रुत बससेवा दशैँदेखि नै बन्द भएको हो ।

    द्रुत मार्ग खाली गर्न ट्राफिक प्रहरीले आवश्यक सहयोग नगरेको व्यवसायीहरुले बताएका छन् । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले एक अर्कालाई दोष लगाएका छन् ।



    भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले भने दशैँदेखि तिहारसम्म काठमाडौं उपत्यकाका सडकमा जाम नहुने र यही बेला प्राविधिक र व्यवस्थापकीय समस्या सुल्झाउन द्रुत बस सेवा रोकिएको बताए ।



    उहाँले तिहारको बिदा सकिएकै दिनदेखि पूर्ण क्षमतामा द्रुत बस सञ्चालन हुने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार