Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आजबाट पुनः सुरु हुँदै रत्नपार्क–सूर्यविनायक द्रुत बस

    आजबाट पुनः सुरु हुँदै रत्नपार्क–सूर्यविनायक द्रुत बस

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 366
    SHARES

    काठमाडौँ । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आइतबारदेखि पुनः सञ्चालनमा आउँदै छ । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ । ठाउँ ठाउँमा बोर्ड राखिएका छन् ।

    यस सेवाका लागि ११ वटा बस थपिएका छन् । तर यी कामका लागि के कति रकम खर्च भए भन्नेबारे न सडक विभागले भन्छ न त यातायात व्यवस्था विभागले नै ।



    सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले द्रुत बस सेवा सञ्चालनका लागि यसअघि करिब तीन करोड रुपियाँ खर्च भएको सुनिए पनि अहिले पुनः सञ्चालनका लागि भएको खर्चबारे आफूलाई थाहा नभएको बताए । उनले द्रुत बस सेवा सञ्चालनको सम्पूर्ण जिम्मेवारी यातायात व्यवस्था विभागको रहेको बताए ।



    यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले द्रुत बस सेवा सञ्चालन तथा पुनः सञ्चालनका लागि भएका खर्चबारे आफूलाई थाहा नभएको बताउँदै सो सेवा सञ्चालनका लागि यस विभागबाट अहिलेसम्म एक सुक्का पनि खर्च नभएको जानकारी दिए । द्रुत बस सेवा सञ्चालनमा यस विभागको भूमिका मात्र समन्वयात्मक रहेको उनको भनाइ छ ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटासहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार