Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • काठमाडौंमा आजबाट द्रुत बस सेवा पुनः सुचारु

    काठमाडौंमा आजबाट द्रुत बस सेवा पुनः सुचारु

    अनलाइन नेपाल
  • आइतबार, १० मंसिर २०८०
  • 618
    SHARES

    काठमाडौं । भक्तपुरको सूर्यविनयकदेखि काठमाडौंको रत्नपार्क चल्ने द्रुत बस सेवा आजबाट पुनः सूचारु भएको छ।

    सञ्चालनमा आएको एक महिना नबित्दै बन्द भएको उक्त सेवामा केही फेरबदल गरेर आजबाट सञ्चालनमा ल्याइएको हो । अहिले २५ वटा बसबाट सञ्चालन गरिएको यो सेवामा अहिले थप ११ वटा बस थपिएको छ।



    कुल ३६ वटा बस सञ्चालनमा आएसँगै अब प्रत्येक तीन-तीन मिनेटमा सूर्यविनायकबाट द्रुत सेवाका बसहरू छुट्ने छ। जबकि यसअघि पाँच-पाँच मिनेटको अन्तरालमा बसहरू छुट्ने गर्थ्यो।



    यस्तै बस छुट्ने समय तालिकामा पनि परिवर्तन गरिएको छ। यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म चल्ने गरेकोमा अबदेखि साढे ८ बजेदेखि साढे १० बजेसम्म सेवा सञ्चालन हुने नेपाल यातायात व्यवसायी महासंघले जनाएको छ ।

    गत असोज ३ गते संविधान दिवसको अवसर पारेर द्रुत बस सञ्चालनमा ल्याइएपछि कार्यान्वयनमा समस्या आएपछि एक महिना नबित्दै सेवा बन्द भएको थियो।

    त्यसपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, ट्राफिक प्रहरी लगायत सरोकारवाला अधिकारीहरूबीच पटक-पटकको छलफलपछि आजबाट सेवा पुनः सञ्चालनमा ल्याइएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार