Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी

    द्रुत बस सेवा : गुड्नेभन्दा कुर्ने समय बढी

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का रामबहादुर थापा सम्भव भएसम्म दु्रत बसै चढ्छन् । असोज ४ गतेदेखि नै उनले केही समय कुरेरै भए पनि द्रुत बसबाटै यात्रा गर्दै आएका छन् ।

    अरू बस चढ्दा सडक जाममा परिने र समयमै कार्यालयमा पुग्न नसकिने भएकाले आफू सम्भव भएसम्म द्रुत बसबाटै यात्रा गर्ने गरेको उनले बताए ।



    सरकारले असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकबाट काठमाडौँको रत्नपार्कसम्म २५ वटा द्रुत बसमा सेवा सञ्चालन गर्दै आएको छ । द्रुत बसबाट यात्रा गर्दा १० देखि १५ मिनेट चाँडो हुने अनुभव उनको छ ।



    द्रुत बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि ‘डेडिकेटेड लेन’ बाट बस गुड्ने भएकाले खासै रोकिँदैनन् । गोरखापत्र दैनिकबाट

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार