Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १४.२ केजीभन्दा बढी क्षमताको ग्याँस सिलिण्डर विक्री गरे कारबाही गर्ने निगमको चेतावनी

    १४.२ केजीभन्दा बढी क्षमताको ग्याँस सिलिण्डर विक्री गरे कारबाही गर्ने निगमको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, ४ असोज २०८०
  • 3K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले १४ २ केजी भन्दा बढी क्षमताका ग्यास सिलिन्डर प्रयोग नर्गन आग्रह गरेको छ ।

    निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएको जनाएको हो ।



    निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी विक्री वितरण गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिम कारबाही हुने निगमले जनाएको छ ।



    विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    निगमले त्यस्ता सिलिन्डरहरूको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ । बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी बिक्री वितरण गर्न विभिन्न उद्योगले अनुमति माग गरे पनि निगमले अनुमति नदिएको स्पष्ट गरेको छ ।

    निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी विक्री वितरण गरेको पाइएमा कारबाही गरिने पनि निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार