Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुन तस्करी प्रकरण : आयोग गठनबारे छलफल गर्न सरकारले बोलायो बैठक

    सुन तस्करी प्रकरण : आयोग गठनबारे छलफल गर्न सरकारले बोलायो बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको भन्सारबाट तस्करी भएको ६० किलो सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने तयारी थालेको छ ।

    सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न सरकारले प्रमुख दलका नेताहरूको बैठक बोलाएको हो । बैठक गृहमन्त्रलायमा बोलाइएको छ ।



    आज चार बजे गृहमन्त्रालयमा सरकारले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन आयोग गठनबारे भनेर बैठक बोलाइएको स्रोतले बतायो । यसअघि दलहरुबीच असोज ५ गते आयोग गठन गर्ने सात दलको दुई बुँदे सहमति भएको थियो ।



    उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए । तर, आज असोज ५ गते कार्यालय समय सकिँदासम्म आयोग गठनको कुनै निर्णय, घोषणा भएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार