Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ६० किलो सुन तस्करी प्रकरण : आजदेखि प्रतिवादीका कानुन व्यसायीले बहस गर्दै

    ६० किलो सुन तस्करी प्रकरण : आजदेखि प्रतिवादीका कानुन व्यसायीले बहस गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 807
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणमा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ ।

    बुधवारबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अधिकारीहरूले बहस थालेका हुन् ।



    सुन प्रकरणमा सरकारको तर्फबाट जिल्ला महान्यायाधिवक्ता जनक प्रसाद घिमिरे, सहायक जिल्ला महान्यायाधिवक्ता चन्द्र प्रसाद सन्जेल, युवराज पौडेल, निर्मला मरासिनी र सुर बहादुर परियारले बहस गरेका छन् ।



    जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बुधवारबाट थुनछेक बहस सुरु भएको हो । आजबाट प्रतिवादी तर्फका कानुन व्यवसायीले थुनछेक बहस गर्दै छन् ।

    चिनियाँ नागरिकहरु याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङलाई सुन तस्करीमा संलग्न आरोपमा प्रतिवादी कायम गरिएको छ ।

    टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेष्टुरेण्टका संचालक हुन् । तिब्बत मुलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग, बेल्जियन नागरिक दावा छिरिङ, हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका संचालक पुष्करराज भट्टसहित २६ जना प्रहरीको हिरासतमा छन्।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणमा प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार