Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • खुकुरी प्रहार गरेर दाङमा एक महिलाको हत्या,२ जना घाइते

    खुकुरी प्रहार गरेर दाङमा एक महिलाको हत्या,२ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, ६ असोज २०८०
  • 1.8K
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुराकी ४३ वर्षीया रिता लामिछानेको हत्या भएको हो ।



    अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गर्दा थप दुई जना घाइते भएका छन्। घाइते हुनेमा ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन्।



    उनीहरूको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी लिएर हिँडेका टेकबहादुरले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

    आफ्नै घर अगाडि रहेका बेला लामिछानेमाथि खुकुरी प्रहार भएको र घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    खुकुरी प्रहार गर्ने टेकबहादुरलाई घरभित्र लुकिरहेको अवस्थामा खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार