Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बजारमा आज सुनचाँदीको मूल्य स्थिर

    बजारमा आज सुनचाँदीको मूल्य स्थिर

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 834
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।



    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।



    आज सोमबार पनि यही मूल्यमा कारोबार भएको हो । शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य १०० रुपैयाँले बढेको थियो ।

    यसबाहेक आज चाँदीको मूल्य समेत स्थिर कायम रहेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १४ सय ३० रुपैयाँ छ । हिजो चाँदीको मूल्य ५ रुपैयाँ बढेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार