Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • सर्लाही सदरमुकाममा लगाइएको कर्फ्यु खुकुलो बनाइयो

    सर्लाही सदरमुकाममा लगाइएको कर्फ्यु खुकुलो बनाइयो

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 732
    SHARES

    सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालका लागि लगाइएको कर्फ्यु आजबाट खुकुलो बनाइएको छ ।

    बिहीबार रातिदेखि अनिश्चितकालका लागि लगाइएको कर्फ्यु आज बिहानदेखि बेलुकासम्म खुला गरिएको हो ।



    बिहानदेखि बेलुकासम्म खुला गरिएपनि साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु कायमै रहने छ ।



    तर सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै दिउँसोभरि साबिकको नगर क्षेत्रभित्र कुनै किसिमको भेल, जुलुस, बैठक वा प्रदर्शन भने गर्न पाइने छैन ।

    असोज–४ गते गणेशको मूर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप भएपछि कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको थियो ।

    लामो समयको कर्फ्युले जनजीवन प्रभावित भएकाले सुरक्षा समितिको बैठक बसेर केही खुकुलो बनाउने निर्णय गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार