Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • डीआईजी बोहराले गरे प्रहरी चौकी सिउँडीको नवनिर्मित भवन उद्घाटन

    डीआईजी बोहराले गरे प्रहरी चौकी सिउँडीको नवनिर्मित भवन उद्घाटन

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 6.7K
    SHARES

    अछाम । जिल्लाको चौरपाटी गाउँपालिका-१ स्थित प्रहरी चौकी सिउँडीले नयाँ भवन पाएको छ । सोमबार एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

    समारोहलाई सम्बोधन गर्दै डीआईजी बोहराले प्रहरीले प्राप्त गरेको भौतिक संरचना तथा स्रोत साधन प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेश सरकारको नियमित बजेटबाट प्रहरी कार्यालय, मेश तथा शौचालय भनव निर्माण गरिएको थियो ।



    नवनिर्मित भवन यसअघि नै सेवा दिन थालिए पनि सोमबार मात्रै औपचारिक रुपमा उद्घाटन गरिएको हो । चौरपाटीमा स्थापना भएको प्रहरी चौकी सिउँडीले लामो समयपछि मात्रै पक्की भवन पाएको छ । सो भवनबाट गुणस्तरीय सेवा प्रवाह गर्न सहज हुने विश्वास गरिएको छ ।



    सो समारोहमा प्रदेश ट्राफिक प्रहरी कार्यालय सुदूरपश्चिम प्रदेश प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणी गिरि, अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सन्तोष पाठक, प्रहरी कर्मचारी, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद, उपाध्यक्ष सर देवी खड्का, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार