Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इन्द्रजात्रा अवधिभर काठमाडौंका यी ठाउँमा हुनेछ सवारी आवागमन प्रभावित

    इन्द्रजात्रा अवधिभर काठमाडौंका यी ठाउँमा हुनेछ सवारी आवागमन प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इन्द्रजात्रा पर्व मंगलबारबाट सुरू भएको छ । इन्द्रजात्राको अवसरमा असोज ११ गतेदेखि विभिन्न सडकमा सवारी आवागमन प्रभावित हुने भएको हो ।

    काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।



    ‘काठमाडौंको बसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्त्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरू भइसकेका छन्, यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरू हिँडेर सञ्चालन गरिन्छन् । यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुन अनुरोध गर्दछौं,’ महानगरले सूचना जारी गर्दै भनेको छ ।



    सूचना अनुसार असोज ११ गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार