Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंका यी ठाउँमा आज सवारी साधन चलाउन नपाइने

    काठमाडौंका यी ठाउँमा आज सवारी साधन चलाउन नपाइने

    अनलाइन नेपाल
  • बिहिबार, ११ असोज २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आजदेखि तीन दिन सवारी आवागमन प्रभावित हुने भएको छ ।

    इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो ।



    काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको जनाएको छ ।



    जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार