Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए

    इन्द्रजात्रा अवलोकन गर्न आएका पाहुना फर्किए

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 906
    SHARES

    फाइल तस्विर

    काठमाडौं । इन्द्रजात्रा अवलोकन गर्न आएका विदेशी पाहुना फर्किएका छन्। असोज १० गते काठमाडौँ आइपुगेका पाहुना जात्रा सकिएसँगै स्वदेश फर्किएका हुन्।

    आमन्त्रित विदेशी अतिथि (१६ वटा भगिनी सम्बन्ध र नौवटा अन्तरराष्ट्रिय संघसंस्था) मध्ये यस वर्ष तीन देश (चीन, अमेरिका र दक्षिण कोरिया) का पाँच नगर र एउटा संस्थाबाट प्रतिनिधि आएका थिए। यसमा चीनका छेन्दु, सियान, चान्चाउ र नान्जिन गरी चारवटा नगर र अमेरिकाको फेडरिसबर्ग नगरका प्रतिनिधि थिए। उनीहरू सबै स्वदेश फर्किसकेका छन्।



    त्यसैगरी काठमाडौँ महानगरपालिकासँग सम्बन्ध भएका र जात्रा अवलोकन गर्न आएका स्वदेशी पाहुनाहरू पनि फर्किसकेका छन्। ऐतिहासिक इन्द्रजात्रा यही असोज ९ गते वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवत् शुरु भएको थियो।



    त्यसैगरी १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा चलाइएको थियो । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम गरी जात्रा सम्पन्न गरिने छ।

    भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार