Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु, बसन्तपुरमा ठड्याइयो लिङ्गो

    काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरु, बसन्तपुरमा ठड्याइयो लिङ्गो

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 783
    SHARES

    काठमाडौं । बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ ।

    १० बजेर ३७ मिनेटको शुभसाइतमा हनुमान ढोका कालभैरव क्षेत्रबाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।



    यससँगै उपत्यकामा इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको छ ।



    भाद्र शुक्लपक्षका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

    यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको छ । यस दिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

    इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु हुने जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार