Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • काठमाडौंका यी स्थानमा आज पनि सवारी आवागम प्रभावित

    काठमाडौंका यी स्थानमा आज पनि सवारी आवागम प्रभावित

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज पनि सवारी आवागमनमा रोक लगाइएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमनमा रोक लगाइएको हो ।

    काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ ।



    आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।



    जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार