Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • समिट एयरले छोडेका डाक्टरहरूलाई लिन पर्यटनमन्त्रीले पठाए नेपाल एयरलाइन्सको जहाज

    समिट एयरले छोडेका डाक्टरहरूलाई लिन पर्यटनमन्त्रीले पठाए नेपाल एयरलाइन्सको जहाज

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समिट एयरले मुगुमा छाडेका चिकित्सकहरूलाई लिन जहाज पठाएका छन् ।

    टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले मुगुको ताल्चा विमानस्थलमा छाडे छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो। पर्यटनमन्त्री किरातीले विमानस्थलमा छुटेका १६ जना चिकित्सकलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाएका हुन् ।



    पर्यटनमन्त्री किरातीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको सामाजिक संञ्जालमार्फत बताएका छन् ।



    उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरूको खबरले दु:खित बनायो। गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ।’

    माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका थिए ।

    समिट एयरले भिआइपीको लागि सिट जरूरी परेकाले पाँच जना चिकित्सकलाई लैजान नसकिने बताएको थियो । त्यसपछि समूहमा रहेका सबै चिकित्सक आउन नमानेवछि चिकित्सकहरूलाई त्यहीँ छाडेर अहिले विमान मुगुबाट उडेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार