Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

    नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको बताएका छन् ।

    मंगलबार नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् ।



    कार्यकारी निर्देशक थानीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने तयारी भइरहेको बताए ।



    धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको उनले बताए ।

    कम्तीमा दुई आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न प्रतिवद्ध रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार