Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बाराको पचरौतामा गोली चल्यो, एक जनाको मृत्यु

    बाराको पचरौतामा गोली चल्यो, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 4.2K
    SHARES

    फाइल तस्विर

    बारा । अज्ञात ब्यक्तिको गोली प्रहारबाट बारामा एक जनाको मृत्यु भएको छ । पचरौता नगरपालिका-६ पकडियास्थित लक्ष्मीनिया पोखरीको डिलमा मंगलबार साँझ अन्दाजी २०/२२ वर्षका एक युवकको हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

    घटनाको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको पचरौता नगरपालिका ६ मा मंगलबार साँझ करिब ७ बजे गोली चलेको आवाज सुनियो, मान्छे पनि ढलेको छ, खबर प्राप्त भएपछि यसको पूर्ण विवरण लिन प्रहरी टोली घटनास्थल गएको बताइएको छ ।



    प्रत्यक्ष दर्शीका अनुसार मंगलबार साँझ ६ बजेतिर मोटरसइकलमा सवार भई आएका अपरिचत व्याक्तिहरूले पोखरीको डिलमा रहेका ती युवकलाई गोली हानेर फरार भएका थिए ।



    कन्चटमा गोली लागेका युवकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । युवकको पहिचान नखुलेको तथा यस विषयमा अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार