Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बालेनले फिर्ता गरिदिए नेपाल प्रहरीका पिएसओ

    बालेनले फिर्ता गरिदिए नेपाल प्रहरीका पिएसओ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 4.6K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सरकारले सुरक्षाका लागि खटाएको अंगरक्षक(पिएसओ) फिर्ता गरिदिएका छन् । आफुलाई संघीय सरकारको सुरक्षा नचाहिएको भन्दै उनले फिर्ता गरिदिएका हुन् ।

    केन्द्रीय सुरक्षा समितिको बैठकअनुसार गत महिना उनलाई पिएसओ दिने निर्णय भएको थियो । सोहीअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक जुनियर अधिकृतलाई उनको सुरक्षामा पत्रसहित खटाएको थियो । तर, उनले ती प्रहरीलाई फिर्ता गरिदिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए ।



    सुरक्षा जोखिम भएको भन्दै गत वर्ष बालेन आफैंले सरकारसँग पिएसओ मागेका थिए । सुकुम्बासी नेताहरूले धम्की दिएपछि उनले त्यसबेला पिएसओ मागेका थिए । मागेको लामो समयसम्म नदिएको आक्रोश समेत व्यक्त गरे । तर, त्यतीबेला गृह मन्त्रालयले पिएसओ उपलब्ध गराएन ।



    यसपटक पनि उनलाई सुरक्षा जोखिम रहेकै निष्कर्षका आधारमा खटाउने निर्णय भए पनि उनले फिर्ता पठाइदिएको गृह मन्त्रालयका एक सहसचिवले बताए । मेयर शाह महानगरपालिकाकै नगर प्रहरीको सुरक्षामा हिड्ने गर्दछन् । सार्वजनिक कार्यक्रममा त उनी नगर प्रहरीको स्कर्टिङमा हिड्ने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार