Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भन्सार छलेर ल्याएका पाँच लाखका अवैध कपडा धनगढीमा बरामद, अटो रिक्सा पनि नियन्त्रणमा

    भन्सार छलेर ल्याएका पाँच लाखका अवैध कपडा धनगढीमा बरामद, अटो रिक्सा पनि नियन्त्रणमा

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.8K
    SHARES

    कैलाली । कैलालीमा प्रहरीले भन्सार छलिका अवैध सामान बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली भन्ने ठाउँबाट पाँच लाख दुई हजार २१५ रुपैयाँ बराबरका अवैध लुगा कपडाहरु बरामद गरिएको हो ।

    वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो से१ह २१८६ नम्बरको अटो रिक्सामा महिला र पुरुषका विभिन्न लुगा कपडाहरु लुकाइ छिपाइ राखिएको अवस्थामा फेला पारेको हो ।



    बरामद अटो रिक्साको मूल्य तीन लाख र कपडाको पाँच लाख दुई हजार २१५ गरी आठ लाख दुई हजार २१५ रुपैयाँको सामान नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख तथा प्रहरी निरीक्षक जनक राज ढुंगानाले जानकारी दिए ।



    उनका अनुसार बरामद अटो रिक्सा र लुगा कपडाहरु आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ । पछिल्लो समय भन्सार छलिका अवैध सामान बरामद गर्न वडा प्रहरी कार्यालयले सक्रियता देखाएको छ ।

    यसअघि पनि धनगढीको राजपुर नजिकैबाट एक लाख ७९ हजार ४६६ रुपैयाँ बराबरका लेडिज लुगाकपडासहित सुर्तिजन्य पदार्थ बरामद गरेको थियो । दशैं र तिहार जस्ता नेपालीहरुका ठूला चाडहरु नजिकिएसँगै कैलालीका सीमावर्ती क्षेत्रमा तस्करी मौलाएको छ । सशस्त्र प्रहरीले नाकामा चेक जाँच फितालो गरेका कारण तस्करीको सामान प्रहरीले बरामद गर्न थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार