Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको गरिएको बताइएको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।



    अब नयाँ बढेको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १८५ रुपैयाँ, डिजेलरमट्टितेल १७९ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १४४ र अन्तर्राष्ट्रिय १.०९६ अमेरिकी डलर तथा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पर्नेछ।



    निगमका अनुसार आइतबार बिहान १२ बजेर १ मिनेटबाट सो मूल्य लागू हुनेछ। यसअघि पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार