Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता,आज राति १२ बजेदेखि लागु हुने

    आयल निगमद्धारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता,आज राति १२ बजेदेखि लागु हुने

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल आयल निगमले प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को निर्देशनबमोजिम मूल्यवृद्धि फिर्ता गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले विज्ञप्ति जारी गरेर बताएको हो । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने जनाएको छ ।



    प्रधानमन्त्री प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निर्देशन भएपछि आइतबार राति १२ बजेदेखि लागु हुने गरी वृद्धि गरिएको मूल्य घटाइएको निगमले जनाएको छ ।



    निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्री प्रचण्डबाट निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत हुन गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्य वृद्धि आइतबार राति १२ बजेदेखि लागु हुने गरी फिर्ता गरिएको छ।’

    शनिबार राति १२ बाट लागु हुने गरी आयल निगमले सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । प्रधानमन्त्री प्रचण्डले मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार