Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मलंगवामा पूर्ण रुपमा हट्यो ‘कर्फ्यु’, गृहमन्त्रीको उपस्थितिमा सद्‌भाव र्‍याली निकालिने

    मलंगवामा पूर्ण रुपमा हट्यो ‘कर्फ्यु’, गृहमन्त्रीको उपस्थितिमा सद्‌भाव र्‍याली निकालिने

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 741
    SHARES

    सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा लाग्दै आएको ‘कर्फ्यु’ पूर्णरूपमा हटाइएको छ । यसअघि असोज ८ गते दिउँसोको कर्फ्यु हटाइएको थियो भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लगाइँदै आएको थियो ।

    हिजो बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलङ्गवामा जारी कर्फ्यु आदेशलाई पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार मलङ्गवाको वातावरण समान्य भएपछि पूर्णरूपमा कर्फ्यु हटाइएको हो ।



    गएको असोज ४ गते बिहीवार राति १० बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । त्यसपछि असोज ८ गतेदेखि दिउँसोको कर्फ्युलाई हटाइएको थियो भने राति ८ देखि बिहान ४ बजेसम्म कर्फ्यु आदेशलाई निरन्तरता दिँदै आएको थियो ।



    यस्तै स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सद्‌भाव र्‍याली निकाल्ने भएको छ । रातिको समयमा लगाउँदै आएको कर्फ्यु गएरातिदेखि पूर्णरूपमा हटाइएको स्थानीय प्रशासनले यहि असोज १८ गते गृहमन्त्री श्रेष्ठको उपस्थितिमा सद्‌भाव र्‍याली निकाल्ने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार