Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मलद्वारमा लुकाएर लागूऔषध तस्करी गर्ने पाँच जना पक्राउ

    मलद्वारमा लुकाएर लागूऔषध तस्करी गर्ने पाँच जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 927
    SHARES

    संकेतिक तस्विर

    उदयपुर । प्रहरीले मलद्वारमा लुकारएर लागूऔषध भित्र्याउने क्रममा पाँचजना युवालाई पक्राउ गरेको छ ।

    जिल्लाको चौदण्डीगढी नगरपालिका-६ बेल्टार बजारमा शरीरमा फ्रिजिङ गरी लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



    इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले चेकिङ गर्नेक्रममा चौदण्डीगढी नगरपालिका ६ का ३० वर्षीय बिनोद राईको साथबाट फेनारगन ५ एम्पुल, लेबल नभएको ५ एम्पुल बरामद भएको थियो ।



    त्यस्तै सोही ठाउँका ३२ वर्षीय बिदुर राईको साथबाट फेनारागन १ एम्पुल, ३० वर्षीय विशाल राईको साथबाट लुपिजेसिक १ एम्पुल, डाईजोपाम ५ एम्पुल, फेनारागन ६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    प्रहरीले सोही ठाउँका ३२ वर्षीय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेबल नभएको ४ एम्पुल बरामद गरेको छ ।

    ३२ वर्षीय प्रवेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन १ एम्पुल, डाईजोपाम १ एम्पुल गरी जम्मा फेनारागन १४ एम्पुल, लुपिजेसिक ६ एम्पुल, डाईजेपाम ६, लेबल नभएको ९ एम्पुल बरामद भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार