Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एकैदिन नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ ।

    बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेर १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।



    अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य तोलामा ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ ।

    गत साताको मंगलबार प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । भने, बुधबार तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार