Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सशस्त्र प्रहरी बल मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण

    सशस्त्र प्रहरी बल मुख्यालयमा पहिलो पटक पानी प्रशोधन स्थलको निर्माण

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 2.6K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा पानी प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको छ ।

    नवनिर्मित पानी प्रशोधन तथा वितरणस्थलको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उद्घाटन गरेका हुन् ।



    यसभन्दा अगाडि प्लाष्टिकका बोतल तथा जार खरिद गरी आपूर्ति गरिँदै आएको पिउने पानीलाई निरुत्साहित गर्दै पिउने पानीको गुणस्तरमा शुद्धता एवं विश्वसनीयता र खर्चमा मितव्ययीता कायम गर्ने अभिप्रायले मुख्यालयमा पहिलोपटक प्रशोधन स्थलको निर्माण गरी प्रयोगमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ ।



    मुख्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउने उद्देश्यले संचालनमा ल्याइएको नवनिर्मित वाटर ट्रिटमेन्ट प्लान्ट विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको शुद्ध पिउने पानी प्रशोधन गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार