Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भेपमा सुन तस्करी प्रकरण : चिनियाँ तस्कर दाओजिनका ड्राइभर पक्राउ

    भेपमा सुन तस्करी प्रकरण : चिनियाँ तस्कर दाओजिनका ड्राइभर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर गरिएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो ।



    उनलाई केही दिनअघि पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी स्रोतले बतायो । यसअघि १३ भदौमा सीआईबीले कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो ।



    राहुल अहिले थुनामा छन् । दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौंमा ल्याएका थिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।

    गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार