Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

    सुनसहित त्रिभुवन विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 882
    SHARES

    फाइल तस्विर

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

    पक्राउ पर्नेहरुमा भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् ।



    हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।



    विमानस्थल प्रहरीले उनीहरुको साथबाट २ सय २० ग्राम तौल भएको धातुको बाला १ थान तथा सिक्री १ थान र १ सय ग्राम तौल भएको १ थान जबेरी बरामद गरिएको छ ।

    उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौं पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार