Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ट्रमा सेन्टरलाई आवश्यक पर्ने ‘किट’ खरिदमा घोटला हुन लागेको भन्दै कर्मचारीले नै गरे विरोध

    ट्रमा सेन्टरलाई आवश्यक पर्ने ‘किट’ खरिदमा घोटला हुन लागेको भन्दै कर्मचारीले नै गरे विरोध

    अनलाइन नेपाल
  • बिहिबार, १८ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा फेरि घोटलाको हुन लागेको भन्दै कर्मचारीहरुले नै विरोध गरेका छन् । ट्रमाको ल्याबमा प्रयोग हुने किट खरिदमा सेन्टरका प्रमुख डा. बद्री रिजाल कमिसनको चक्करमा आफू निकटलाई दिलाउन लागेको भन्दै कर्मचारी र केही व्यापारीहरुले विरोध जनाएका हुन् ।

    डा. रिजालले रोग पत्ता लगाउन प्रयोग हुने ल्याबको किट खरिदका लाग रिएजेन्टको मिलेमतोमा आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई दिने गरी टेण्डर खुलाएका छन् । भदौ २० गते खुलाइएको टेण्डरको अन्तिम म्याद भने यही असोज १९ गते रहेको छ ।



    रिजाल ल्याबका विभिन्न ३४ किसिमका सामानहरु खरिदका लागि आफूनिकट व्यवसायीलाई मात्रै हुने गरी विश्व स्वास्थ्य संघको प्रिक्वारिफाइड भनेर माग गरिए पनि भारतबाट उत्पादित सामाग्री ल्याउने गरी आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई खरिद गर्न दिई करोडौं कमिशन लिने चक्करमा लागेको ट्रमाकै कर्मचारीहरु दावी गर्छन् ।



    यस विषयमा अन्य व्यापारीले विरोध जनाए पनि डा. रिजालले स्वास्थ्य मन्त्रीको नाम लिँदै टेण्डर अरुलाई नदिने बताउन थालेका छन् । मन्त्रीलाई नै बदनाम गराउने गरी काम गर्न लागेकोमा अन्य व्यवसायी एवं ट्रमा सेन्टरकै कर्मचारीहरुले डा. रिजालको उक्त कदमको विरोध जनाउँदै विभिन्न निकायहरुमा छानबिनका लागि निवेदन समेत दिएका छन् ।

    उनीहरुले आम जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी कमिसनको चक्करमा रोग पत्ता लगाउने किट खरिद गर्न लागेपछि कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय र स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने जनाएका छन् ।

    डा. रिजाल यसअघि पनि पटक–पटक विवादमा आएका व्यक्ति हुन् । कहिले विरामीलाई निजी अस्पतालमा जान बाध्य बनाउने त कहिले आफू निकटका व्यापारीसँग अपरेशनमा प्रयोग हुने सामाग्रीहरु र औषधी खरिद गराएको विषयमा उनी विवादमा तानिएका थिए । त्यसो त डा. रिजालमाथि निर्देशकमा नियुक्ति भएपछि पनि आफ्नै निजी अस्पतालमा बिरामी जाँच्न जाने गरेको आरोप लाग्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार