Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ट्रमा सेन्टरमा अनियमितताको गन्ध, निर्देशककै मिलेमतो भन्दै कर्मचारी आक्रोशित

    ट्रमा सेन्टरमा अनियमितताको गन्ध, निर्देशककै मिलेमतो भन्दै कर्मचारी आक्रोशित

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल मातहत स्थापित राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल माफिया र निजि अस्पताल सञ्चालकको हालीमुहाली चल्दा सेवा भन्दा पनि असुलीधन्दा मौलाउन थालेको भन्दै ट्रमाका कर्मचारीहरु चिन्तित बनेका छन् । सेन्टरमा अनियमितता र भ्रष्टाचार बढ्न थालेको भन्दै उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको ध्यानाकर्षण गराउन लागिएको पनि बताएका छन् ।

    सरकारले निजी अस्पतालका समेत सञ्चालक रहेका डा. बद्री रिजाललाई ट्रमा सेन्टरका प्रमुख बनाएपछि ट्रमामा अनियमितता शुरु भएको कर्मचारीहरुको बुझाइ रहेको छ । प्रमुखले नै अनियमितताको सुरुवात गरेपछि अस्पतालका अन्य चिकित्सकहरुले पनि अस्पतालमा उपचारका लागि आएका बिरामीहरुलाई अन्यत्रै जान बाध्य बनाई बिरामीहरुलाई दुःख दिइरहेको गुनासो बढ्न थालेको छ ।



    ट्रमा सेन्टरमा विशेष गरी आकस्मिक विभाग तथा ओपिडिमा चोटपटक, सडक दुर्घटना, हाडजोर्नी, नसासम्बन्धी बिरामीहरु आउने गर्दछन् । त्यस्ता बिरामीहरुलाई बेड नभएको बहाना बनाउँदै हप्तौंसम्म आकस्मिक कक्षमा राखेर मानसिक पीडा दिएर निर्देशक डा. रिजालकै मिलेमतोमा निजी अस्पताल जानका लागि बाध्य बनाइँदै आएको एक पीडितले बताए ।



    त्यसैगरी बेड पाएका बिरामीहरुलाई पनि लामोसमयसम्म अपरेशन वा थप उपचार नगरी राख्ने गरिएको भन्दै विरामीहरुले नै विराेध गरिरहेका छन् । त्यसो त बल्ल बल्ल उपचार पाएका बीरामीहरु पनि अपरेशनमा प्रयोग हुने सामाग्रीहरु निश्चित व्यापारीहरुसँग खरिद गर्न बाध्य छन् । निर्देशकसँगैको मिलेमतोमा व्यापारीहरुले अप्रेसनको अघिल्लो दिन नै विरामीको बेडमै सामान ल्याइपुर्याइदिने गरेका छन् ।

    ट्रमामा कार्यरत एक कर्मचारीका अनुसार अप्रेसनका लागि ४/५ महिना पछिको समय दिएपनि व्यापारीहरुले आफूले भनेको ठाउँमा सामान किनेमा अप्रेसनको डेट एक हप्ता भित्रै मिलाउँदै आएका छन् । ति कर्मचारी भन्छन्–‘अपरेशनमा प्रयोग हुने औषधी ट्रमा सेन्टर पछाडिको पसलबाटै किन्नुपर्छ, तर हड्डीमा लाग्ने स्टील चाहिँ बिरामीको बेड–बेडमै आइपुग्छ ।’

    डा. रिजालले ट्रमामा भन्दा पनि आफ्नो अस्पताललाई बढी समय दिने गर्दै आएका छन् । उनले आफ्नो लगानी रहेको अल नेपा अस्पतालमा बिरामी पठाउने मात्रै नभई आफू पनि त्यहि गएर बिरामी जाँच्ने गर्दै आएका छन् । निर्देशक डा. रिजालले अहिले ट्रमा सेन्टरमा ब्यावास्थापन समितिका अध्यक्ष तथा प्रतिष्ठान रजिस्ट्रारलाई थाहै नदिई नियमविपरीत कर्मचारी नियुक्ति गर्ने प्रकृयामा अगाडि बढेको भन्दै विरोध शुरु भइसकेको छ ।

    त्यतिमात्रै होइन उनले आफू निकटलाई टेन्डर दिलाउन सेटिङमा टेन्टर आह्वान गरेका छन् । डा. रिजालको यस्ता गैरकानूनी हर्कतबारे जानकार भएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्री र न्याम्सका उपकुलपति देखे नदेखेझै गरेर बसेको भन्दै कर्मचारीहरु आक्रोशित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार