Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङमा श्रीमान् श्रीमती मृत फेला

    दाङमा श्रीमान् श्रीमती मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 360
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको तुलसीपुरमा श्रीमान् श्रीमती मृत फेला परेका छन्।

    तुलसीपुर-९ बेलुवामा कोठा भाडामा बस्ने सल्यानका २६ वर्षिय सुशील भण्डारी र २१ वर्षिय पबित्रा डाँगी भण्डारी एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् ।



    भण्डारी युवक झुण्डीएको अवस्थामा र युवती डाँगी टाउकोमा चोट लागि बेडमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



    घटनाको प्रकृती हेर्दा र फेला परेको सुसाइड नोटका आधारमा युवक भण्डारीले श्रीमती डाँगीलाई कुटपिट गरेर हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने देखिएको प्रहरीले जनाएको छ ।

    दुई महिना अघिमात्र बिबाह गरेका उनीहरुले तुलसीपुरमा भाडामा बसेर दैनिक ज्याला मजदुरी गर्दै आएको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार