Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इजरायल आक्रमण : कम्तीमा २३२ को मृत्यु, तीन नेपाली सम्पर्कविहीन

    इजरायल आक्रमण : कम्तीमा २३२ को मृत्यु, तीन नेपाली सम्पर्कविहीन

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 978
    SHARES

    एजेन्सी । इजरायलमा हमास विद्रोही समूहको आक्रमणपछि सरकारी फौजले गरेको प्रतिकारमा कम्तिमा पनि २३२ जनाको मृत्यु भएको छ।

    त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दुबै पक्षको आक्रमणमा परेर १६ सय भन्दा धेरै घाइते छन् । शनिबार बिहान हमास सेनाले गरेको घातक हमलापछि इजरायलको अवस्था तनावग्रस्त बनेको छ।



    विद्रोही सेनाको आक्रमणपछि सरकारी फौजले गाजाको प्यालेस्टिनी एन्क्लेभमा प्रतिकार गर्दा कम्तिमा २३२ जनाको मृत्यु र १६ सय भन्दा धेरै घाइते भएका हुन्।



    आक्रमणपछि तीन नेपाली सम्पर्कविहीन भएका छन् । घटनामा नौ नेपाली घाइते भएका छन्। जसमा दुई जनाको अवस्था गम्भीर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार