Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ८ लाख नगद र लागूऔषधसहित ५ जना पक्राउ

    ८ लाख नगद र लागूऔषधसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 1.2K
    SHARES

    मकवानपुर । मकवानपुरमा ८ लाख नगद र लागूऔषधसहित ५ जना पक्राउ परेका छन् ।

    विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान, सोही स्थान बस्ने ३५ वर्षीय रामबहादुर स्याङबो, पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाई, मकवानपुरको मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र सोही स्थान बस्ने २० वर्षीय दालबहादुर मोक्तान रहेका छन् ।



    उनीहरूलाई मनहरी गाउँपालिका-६ स्थित नयाँबस्तीमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित बाटोमा बसिरहेको अवस्थामा ६ सय २ बोतल कोडिन फास्फेट,२० ग्राम चरेस र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार