Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • इजरायल र प्यालेस्टाइनबीचको युद्ध जारी, मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

    इजरायल र प्यालेस्टाइनबीचको युद्ध जारी, मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

    अनलाइन नेपाल
  • सोमबार, २२ असोज २०८०
  • 1.7K
    SHARES

    एजेन्सी । इजरायल र प्यालेस्टाइनबीचको युद्ध सोमबार पनि जारी रहेको छ ।

    इजरायलले आफ्नो देशमा प्रवेश गरेका लडाकुविरुद्ध कारबाही जारी राखेको हो । जारी युद्धमा हालसम्म ११ सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।



    शनिबार हमासले गरेको आक्रमणपछि इजरायलले जवाफी हमला सुरु गरेको थियो । इजरायलले यो आक्रमणमा अहिलेसम्म आफ्ना ७०० बढी नागरिकको मृत्यु भएको बताएको छ ।



    यस्तै, प्यालेस्टाइनीहरूले गाजामा आफ्ना ४१३ भन्दा बढी नागरिकको मृत्यु भएको जनाएको छ । दुवैतर्फ गरी मृत्यु हुनेको संख्या ११ सय नाघेको हो ।

    आइतबार रातिसमेत प्यालेस्टिनी क्षेत्र गाजाबाट दक्षिणी इजरायलमा रकेट प्रहार भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार