Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भेपमा सुन तस्करी प्रकरण : महरा पुत्र राहुलविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्षको कैद सजाय माग

    भेपमा सुन तस्करी प्रकरण : महरा पुत्र राहुलविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्षको कैद सजाय माग

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 663
    SHARES

    काठमाडौं । सरकारी वकिलको कार्यालयले पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

    भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा राहुलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।



    प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहुल महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको छ।



    विद्युतीय चुरोट (भेप) मा लुकाए ल्याएको करिव ९ केजी सुन तस्करीको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो । सीआईबीको रायअनुसार सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो ।

    दुबईबाट २०७९ पुस १० गते चिनियाँ तस्कारले भेपमा लुकाएर ल्याएइको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

    मुद्दा दर्ता भएकामध्ये निमा छिरिङ फरार छन् । दावा यसअघि नै ६१ किलो सुन प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि थुनामा छन्। गत भदौ ३१ गते राहुललाई सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।

    उनीहरुविरुद्ध भन्सार चोरी निकासीको कसुरमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ ।

    मुद्दा दायर भएकाहरुमा बेल्जियन नागरिक दाओजिन वाङलाई आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएपनि अन्य तीन जनाको हकमा भने भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मात्रै मुद्दा चलाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार