Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विद्युतीय पासोमा परेर सर्लाहीमा एक जनाको मृत्यु

    विद्युतीय पासोमा परेर सर्लाहीमा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 585
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीको बरहथवामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ ।

    जंगली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर बरहथवा नगरपालिका–१४ बिन टोलका ५० वर्षीय शिवजी साह तेलीको मृत्यु भएको हो ।



    मंगलाबार राती शौच गर्न घर छेउको बारीमा पुग्दा करेन्ट लागेर तेलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



    तेलीको घर नजिकै स्थानीय नरेश साहले जंगली जनावरबाट बाली जोगाउन विद्युतीय पासो थापेका थिए ।

    विद्युतीय पासोमा परेर छिमेकीको मृत्यु भएपछि नरेश फरार छन् । उनको १९ वर्षीय छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मृत्युबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भने मृतकको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार