Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • भ्रष्टाचारी र तस्करलाई ठेगाना नलगाई विश्राम लिन्न : गृहमन्त्री श्रेष्ठ

    भ्रष्टाचारी र तस्करलाई ठेगाना नलगाई विश्राम लिन्न : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 924
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र तस्करलाई ठेगान नलगाई विश्राम नलिने बताएका छन् ।

    नेपाल राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गोरखा शाखाले आयोजना गरेको बृहत् राष्ट्रिय लोकदोहोरी महोत्सव २०८० को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले संवृद्ध नेपाल निर्माणका लागि भ्रष्टाचारको अन्त्य अनिवार्य रहेको बताए । नेपालमा ठुलो राजनीतिक परिवर्तन पछाडि सुशासन, संवृद्धि र सामाजिक न्यायसहितको बाटोमा देशलाई अघि बढाउने अठोटका साथ वर्तमान सरकारले काम गरिरहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।



    गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गरी दण्डहीनताको अन्त्य गरेर मात्र जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने, देशको सुशासन र संम्बृद्धिको प्रक्रियालाई अघि बढाउन सकिने बताए ।

    जनताले आफ्नो दैनिक जीवन नै फेरिएको अनुभूति गर्नेगरी काम गर्न सरकार प्रतिबद्ध भएर लागेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार